Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

विश्वकप क्रिकेट- आज पाकिस्तान र भारतबीच खेल हुँदै

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् ।

विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ । जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ ।

यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बन्यो । आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ ।

यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन् ।

यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.