Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । विहारको औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो ।

विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्य सरकारले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमै ज्वरोको कारण बालबालिकाको मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

विभिन्न मिडिया रिपोर्टका अनुसार शनिबार करिब २० थप बच्चाको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.