Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

चीनका राष्ट्रपति सी जिनपिङ पुगे उत्तर कोरिया

User Photo बिहिबार, असार ५, २०७६
काठमाण्डाै ।

चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो ।

सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया गएका हुन् । सी र उत्तर कोरियाका नेता किम जोङ–उनबिच अहिलेसम्म चारपटक औपचारिक भेट भएका छन्, ती सबै भेट चीनमा भएका हुन् ।

उत्तर कोरिया भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका नेताबिचको भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम तथा वित्तिय मुद्दामा छलफल हुनेछ । उत्तर कोरियाका लागि चीन अति महत्वपूर्ण छ, उत्तर कोरियाको महत्वपूर्ण व्यवसायिक साझेदार हो चीन ।

गएको फेब्रुअरीमा हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिचको वार्तामा सहमति नजुटेपछि सीले पहिलोपटक किमलाई भेट्न लागेका हुन् । उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका सम्बन्धमा कुनै सहमति नै नगरी ट्रम्प–किम वार्ता टुंगिएको थयो ।

यस्तो परिवेशमा हुन लागेको सीको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणको अघिल्लो दिन बुधबार चीनका राष्ट्रपति सी जिनपिङले चीनको साथ र सहयोग उत्तर कोरियासँग रहेको बताएका थिए । उत्तर कोरियाको राष्ट्रिय पत्रिका रोडोङ सिन्मुनमा प्रकाशित भएको ओप–एडमा राष्ट्रपति सीले उत्तर कोरियाको सही दिशाका लागि चीनको साथ रहने उल्लेख गरेका हुन् ।

कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेका छन् । जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.