Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट, टिम पनि खतरामा

User Photo मङ्लबार, असार १०, २०७६
काठमाण्डाै ।

वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा रसेलले चोटकै कारण राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी)ले जनाएअनुसार रसेलले घुँडाको चोटको कारण विश्वकपका बाँकी खेल गुमाएका हुन् ।

रसेलको स्थानमा २६ वर्षीय ब्याट्सम्यान सुनिल अम्बरिसलाई टिममा बोलाइएको छ । विश्वकपअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका रसेल जारी विश्वकपमा भने चल्न सकेनन् । उनी चोटग्रस्त भएपछि वेष्ट इन्डिज टिमबाट बाहिरिएका हुन् ।

सेमिफाइनलमा झिनो आशा कायमै रहेको वेष्ट इन्डिजले जुन २७ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपमा प्रवेश गर्नका लागि अबको सबै खेल वेष्ट इन्डिजले जितेर मात्रै हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.