Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

इरानमा नयाँ प्रतिबन्ध, इरान भन्छ “ट्रम्प प्रशासन युद्धको प्यासी”

User Photo मङ्लबार, असार १०, २०७६
काठमाण्डाै ।

अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले भनेका छन् नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको हो । नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन् । उनलाई उनको देशमा धेरै सम्मान दिइन्छ । उनीअन्तर्गत सबैभन्दा खतरनाक चिजहरु हुन्छन्, जसमा इस्लामिक रिभोलुस्नरी गार्डस्का सेना पनि छ । यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन् ।

यसैबीच इरानले अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको छ । इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन् । उनले लेखेका छन्- ट्रम्प प्रशासन युद्धको प्यासी छ ।

इरान र अमेरिकाबीच तनावको श्रृंखला

इरान र अमेरिकाबीच केही हप्तायता लगातार तनाब बढ्दै गएको छ । अमेरिकाले इरानमा हटाइएका सबै प्रतिबन्धलाई सन् २०१८ को मे महिनाबाट फेरि लागू गरेको थियो । सन् २०१५ मा इरानसँग परमाणु सम्झौता भएपछि प्रतिबन्ध हटाइएको थियो ।

अमेरिका र इरानको सम्बन्धमा फाटो तब आउन थाल्यो जब अमेरिकाले गत वर्ष एकतर्फी रुपमा सम्झौताबाट अलग भएको घोषणा गर्‍यो । त्यसको केही समयपछि इरान पनि सम्झौताबाट आंशिक रुपमा अलग भयो ।

अमेरिका र इरानबीच टकराव जारी रहेकै बेला खाडीमा रहेका साउदीका तेल ट्यांकरमा हमला भए । हमलाको दोष अमेरिकाले इरानमाथि लगाउँदै आएको छ । इरानले भने यो आरोपको खण्डन गर्‍यो । साथै इरानले २७ जूनदेखि आफ्ना परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि बढाउने घोषणा गर्‍यो ।

त्यसको केही दिपछि अमेरिकाको एक ड्रोनलाई इरानले आकाशबाट खसालिदियो । इरानले आफ्नो सिमानाभित्र छिरेकाले उक्त ड्रोनलाई खसालेको बताएको छ । तर, अमेरिकाले भने उक्त ड्रोन अन्तर्राष्ट्रिय समुद्री सीमानामै रहेको बेला इरानले खसालेको बताउँदै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.