Naya Media
बुधबार, साउन १३, २०८३
| | July 28, 2026
बुधबार, साउन १३, २०८३

यौन हिंसाको बात लागेका चर्चित बुद्धिस्ट गुरुको मृत्यु

User Photo बिहिबार, भदौ १२, २०७६
काठमाण्डाै ।

यौन हिंसाको बात लागेका तिब्बती बुद्धिस्ट गुरु सोग्याल लाकारको ७२ वर्षको उमेरमा मृत्यु भएको छ ।

सोग्याल रिन्पोचेको रुपमा परिचित लाकारले लेखेका किताबको लाखौं कपी बिक्रि भएकमा छन् । उनलाई दलाई लामापछिका सबैभन्दा चर्चित तिब्बती बुद्धिस्ट गुरुको रुपमा लिइन्छ ।

तर उनलाई विभिन्न यौन हिंसाका आरोपले पछ्याइरहे । यद्यपि, उनी कुनै पनि आरोपमा प्रमाणित भएनन् ।

तर अनुसन्धान समितिले उनले आफ्ना केही अनुयायीहरुलाई शोषण गरेको भनेर निष्कर्ष निकाल्यो ।

उनको फेसबुक पेजमा पोष्ट भएको एउटा वक्तव्यले लाकारको बुधबार थाइल्याण्डमा मृत्यु भएको जानकारी दिएको छ । उनी पेटको क्यान्सरबाट ग्रसित थिए ।

सन् १९४७ मा जन्मिएका लाकारलाई दलाई लामाका १३ औं गुरु तेर्तोन सोग्याल लेराब लिङ्गपाका अवतार मान्ने गरिन्थ्यो ।

उनले क्याम्ब्रिज युनिभर्सिटीमा कम्प्यारेटिभ रिलिजन पढे । उनको किताब ‘द टिबेटन बुक अफ लिभिङ एण्ड डायिङ’ को ३० लाख प्रति बिक्यो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.