Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

टेलिभिजन अन्तरवार्तामा आँशु थाम्न सकेनन् रोनाल्डोले

रक्सीको कारण निधन, लज्जित भएर मैले टिभीको च्यानलनै परिवर्तन गरेँ

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

 एक टेलिभिजन अन्तरवार्ताको क्रममा क्रिस्टियानो रोनाल्डो भावुक हुँदै रोएका छन् ।

पियर्स मोगर्नसँग गरिएको उक्त अन्तरवार्तामा रोनाल्डोका पिताले उनको उपलब्धीमाथि गर्व गरिरहेको भिडियो देखाइएपछि रोनाल्डोले भावुक बन्दै आँशु रोक्न नसकेका हुन् ।

सन् २००४ मा पोर्चुगलमा आयोजित युरो प्रतियोगिताको पूर्वसन्ध्या उनको पिता होजे डिनिस एभिएरोले युभेन्टसका स्टार खेलाडीको बारेमा कुराकानी गरेको भिडियो प्रस्तुत गरिएको थियो ।

त्यसको एक वर्षपछि पूर्व सैनिक रहेका उनका पिताको ५२ वर्षको उमेरमा रक्सीको लतका कारण कलेजोले काम गर्न छाडेपछि निधन भएको थियो ।

‘मैले अहिलेसम्म यो भिडियो हेरेको थिइनँ,’ भिडियो हेरेपछि आँशु पुछ्दै रोनाल्डोले भन्छन् ।

एक घण्टा लामो अन्तरवार्ताको क्रममा उनले आफूमाथि लागेको बलात्कारको आरोपको बारेमा पनि चर्चा गरेका छन् । बलात्कारको आरोप लागेपछि आफूले आफ्नो प्रेमिका र परिवारको आगाडि लज्जित महसुस गरेको बताए ।

‘एक दिन म घरमा मेरी प्रेमिकासँग बसेर टिभी हेर्दै थिएँ, ठीक त्यही बेला रोनाल्डोले यो गर्यो त्यो गर्यो भनेर समाचार आयो,’ उनले भने, ‘त्यतिनै बेला छोराछोरीहरु माथिबाट त्यहीँ आउँदै गरेको सुनेँ । लज्जित भएर मैले टिभीको च्यानलनै परिवर्तन गरेँ ।’

अमेरिकी मोडल क्याथरिन मायोर्गाले रोनाल्डामाथि सन् २००९ मा लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

तर, लास भेगासको प्रहरीले रोनाल्डोविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण फेला नपरेको बताएको थियो ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.