Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

विश्व बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

काठमाडौं । विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा)ले आज बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल १६६औं स्थानमा थियो ।

नेपालले यहि भदौ १९ गते कुबेतसँग विश्वकपको दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले ७-० गोलको हार ब्यहोरेको थियो । तर भदौ २४ गते छनोटअन्तर्गत चाइनिज ताइपेलाई नेपालले २-० गोलले पराजित गरेको थियो ।

यता, भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक स्थान सुधार गर्दै १८५औं स्थान ओगटेको छ । यता, बंगलादेश भने ५ स्थान तल झर्दै १८७औं स्थानमा छ भने श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा छ ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । विश्वविजेता फ्रान्स एक स्थान उक्लिदै दोस्रो स्थानमा रहंदा एक स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा छ । चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.