Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

रोमाको सानदार जित

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

इटालियन क्लब एस रोमाले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा रोमाले टर्कीस क्लब इस्तानवुल बासकसेरलाई ४–० गोलले हरायो ।

रोमाको जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । रोमाले अर्को आत्मघाती गोल उपहार पाएको थियो । ४२औं मिनेटमा इस्तानवुलका काइकाराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।त्यसपछि रोमाका जेकोले ५८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा निकोलोले अर्को गोल थपे । ९०औं मिनेटमा जस्टिनले गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।

जितसँगै रोमाले समूह ‘जे’ मा रहेको रोमाले तीन अंक बनाएको छ । इस्तानवुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको वल्फवर्गरले जर्मन क्लब बोरुसिया मोनचेग्लावाचलाई ४–० गोलले पराजित गरेको छ । पहिलो जितसँगै वल्फवर्गरले पनि तीन अंक बनाएको छ । बोरुसिया मोनचेग्लावाच अंकविहिन छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.