Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु

९५ यात्रु र ५ चालक दलका सदस्य थिए विमानमा

User Photo
शुक्रबार, पुस ११, २०७६
काठमाण्डाै ।

एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ ।

उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ । विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।

विमानस्थलले विमानमा ९५ यात्रु र ५ चालक दलका सदस्य रहेको बताएको छ । विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो ।

दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.