Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

ट्रम्पको सूचनाले आतङ्कवादी हमला रोकियो, पुटिनले दिए धन्यवाद

User Photo सोमवार, पुस १४, २०७६
काठमाण्डाै ।

अमेरिकी गुप्तार विभागको सूचनाले रुसमा नयाँ वर्षमा हुन लागेको सम्भावित आतङ्कवादी हमला रोक्न मद्दत गरेको छ । रुसको गृहमन्त्रालयले आइतबार यसको खुलासा गरेको हो ।

क्रेमलिनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो हप्ता फोन गरेर रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई सम्भावित आतङ्कवादी हमलाको षड्यन्त्रबारे जानकारी दिएका थिए ।

अमेरिकी गुप्तचर विभागको यस जानकारीको आधारमा रुसी फेडरल एजेन्सीले उक्त घटनाका योजनाकार दुई जनालाई पक्राउ गरेको छ । ट्रम्पको सहयोगका लागि पुटिनले पनि फोन गरेर धन्यवाद ज्ञापन गरेका छन् ।

क्रेमलिन आफ्नो आधिकारिक बयानमा दुई नेताबीच भएको कुराकानीको थप जानकारी दिएको छैन । यद्यपि, दुई नेताले साझा हितका कयौँ मुद्दामा चर्चा गरेको र द्विपक्षीय सम्बन्ध बढाउन र आतङ्कको विरुद्ध साथ बनाइराख्ने प्रतिबद्धता जनाएका थिए ।

सन् २०१७ को डिसेम्बरमा पनि ट्रम्पले पुटिनलाई सेन्ट पीटर्सबर्गमा हुन लागेको सम्भावित आतङ्कवादी हमलाको बारेमा जानकारी दिएका थिए । त्यतिबेला पनि पुटिनले फोन गरेर ट्रम्पलाई धन्यवाद दिएका थिए ।

दुई नेताबीच टेलिफोन संवाद भएको यो पहिलो अवसर भने होइन । दुई नेताबीच यसअघि पनि टेलिफोन संवादमा सिरिया, परमाणु सम्झौता, उत्तर कोरिया र व्यापारको मुद्दामा छलफल भइसकेको छ ।

सन् २०१४ मा रुसले क्रिमिया प्रायद्वीपको ठूलो हिस्सालाई आफ्नो कब्जामा लिएको थियो । त्यतिबेला तत्कालिन राष्ट्रपति बाराक ओबामाले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उता, ट्रम्पले भने आफ्नो चुनावी अभियानमा कयौँ पटक रुसी राष्ट्रपतिको समर्थनमा बयान दिएका थिए । रुसमाथि अमेरिकी राष्ट्रपति चुनावमा दखल दिएको आरोप पनि लागेको थियो । यसको बावजुद सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

पुटिनको निमन्त्रणामा मे २०२० मा हुने भिक्ट्री डे सेलिब्रेसनमा मस्को जानसक्ने ट्रम्पले संकेत गरिसकेका छन् । दुई नेता पहिलो पटक दुईपक्षीय वार्ताका लागि सन् २०१८ को जुलाईमा फिनल्याण्डमा भेटेका थिए । सोही भेटका अवसरमा ट्रम्पले अमेरिकी चुनावमा रुसले कुनै प्रकारको दखल नदिएको बयान दिएका थिए । ट्रम्पको यस बयानको खुबै आलोचना भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.