नयाँ वर्षको शुभकामना दिदै ट्रम्पले भने ‘यो चेतावनी होइन, धम्की हो,’

अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार- ट्रम्प
बुधबार, पुस १६, २०७६, काठमाण्डाै । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् ।

इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।

नयाँ वर्षको पूर्व सन्ध्यामा राष्ट्रपति ट्रम्पले यसका लागि इरानले कुनै क्षती र कसैको मृत्यु भए ‘निकै ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् ।
‘यो चेतावनी होइन, धम्की हो,’ उनले भने । यससँगै उनले नयाँ वर्षको शुभकामनासमेत दिएका छन् ।

अमेरिकी रक्षा सचिव मार्क एस्परले करिब ७ सय ५० सैनिकलाई उक्त क्षेत्रमा तैनाथ गरिने जानकारी दिएका छन् । ‘संयुक्त राज्यले हाम्रा मानिस र हामीमा रुची राख्ने संसारभरी छरिएका व्यक्तिहरुको रक्षा गर्नेछ,’ उनले ट्वीटरमा लेखे ।

यद्यपि, इरानले ट्रम्पले आरोप लगाउन ‘दुस्साहस’ गरेको भन्दै खण्डन गरेको छ ।

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै