Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

प्रेम प्रस्ताव अस्विकार , छोड्न सकिनन् ३ करोड को औंठी

User Photo बुधबार, पुस १६, २०७६
काठमाण्डाै ।

इन्स्टाग्रामकी एक चर्चित मोडलले २ लाख ५० हजार पाउन्ड (करिब ३ करोड ८० लाख) पर्ने इन्गेजमेन्ट रिङ्ग स्विकार त गरिन् तर व्यक्तिको प्रस्ताव भने अस्विकार गरेकी छिन् ।

लण्डनकी अमान्दा क्रोनिनलाई एक सुन्दर अपरिचित व्यक्तिले भान क्लिफ एण्ड आरपेल्स ब्रान्डको हिराको औंठी दिएर प्रस्ताव गरेका थिए । उनीहरु न्यूयोर्क होटलमा पहिलो पटक भेटेका थिए ।

इन्स्टाग्राम मोडलको रुपमा परिचित उनलाई प्रस्ताव गर्ने व्यक्ति उत्तरी युरोपका निकै प्रभावशाली व्यक्ति भएको अमान्दाले जानकारी दिइन् ।

डेली मेलसँगको कुराकानीमा उनले भनिन्, ‘निकै सुन्दर एक पाको व्यक्तिले मलाई हेरिरहेको मैले देखेँ । उनले मलाई उनको नम्बर र नाम दिए ।’

इन्स्टाग्राममा ५१ हजार ९ सय फलोअर्स भएकी उनले नम्बर पाएको दोस्रो दिन मेसेज पठाएको र त्यसलगत्तै उनको फोनमा मायाका शब्दले भरिएका मेसेजको बाढी आएको बताइन् ।

तर उनले तत्काल थाहा पाइन् कि ती व्यक्तिको श्रीमती पनि छिन् ।

उनले थपिन्, ‘मैले उनलाई सायद म तपाईंलाई भेट्न सक्दिनँ होला भनेँ । उनले आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याउन लागेको भन्दै प्रस्ताव दिए ।’

‘अन्ततः हामी लण्डनमा भेट्यौं र उनले मलाई पुनः प्रस्ताव गरे । यसपटक १० क्यारेटको औंठीसहित । त्यतिबेलाको स्थिती अचम्मको थियो । मैले उनलाई औंठी फिर्ता लिन भनेँ तर औंठी मैले स्विकारे उनी खुसी हुने उनले बताए ।

अमान्दा अहिले क्यानेडेली युवकसँग प्रेममा छिन् तर उनको नाम बताउन भने अस्विकार गर्छिन् ।

उनले इन्स्टाग्राममा राख्ने फोटो र भिडियोलाई हेर्ने हो भने त्यसमा उनले निकै ठूलो औंठी लगाइरहेको देख्न सकिन्छ ।

उक्त औंठी बेलायती राजकुमार ह्यारीकी श्रीमती मेगन मर्कलले लगाएको औंठीको मूल्य जत्ति नै पर्ने बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.