Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नाकाबन्दीको विरोध गर्ने नेता त्रिपाठीको निधन

User Photo बिहिबार, पुस १७, २०७६
काठमाण्डाै ।

नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान नयाँदिल्लीमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका खेलेको बताइन्छ ।

प्रतिनिधिसभा पुनःस्थापनालगत्तै उनी नेपाल आएका थिए । पहिलो जनआन्दोलनताका पनि राजीव गान्धीको दूतको रुपमा पनि उनी नेपाल आएका थिए । त्यतिबेला उनले नेपालमा पञ्चायती शासन अन्त्य हुने भविष्यवाणी गरेका थिए ।

त्रिपाठीले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन् ।

राजीव गान्धीको प्रिय भए पनि सोनिया गान्धीसँग मत नमिलेपछि उनले कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टीमा लागेका थिए । उनी जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षसमेत थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.