
इरानले सन् २०१५ काे आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ–साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् ।
इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो । केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानी मारिएपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो ।
उता सुलेमानी मारिएको इराकमा पनि स्थिति तनावपूर्ण छ । समाचार अनुसार आइतबार साँझ बंग्दादस्थित अमेरिकी दुतावासमा मिसाइल हानिएको थियो । आक्रमणबाट कुनै हताहतीको खबर भने आएको छैन ।
इराकी संसदमा अमेरिकी सेनाले इराक छाड्नु पर्ने प्रस्ताव पास
आइतबार सुलेमानीको शवलाई इरान लगियो । सुलेमानीको शव इरान पुग्दा लाखौं इरानी नागरिकले उनलाई नायकको पार्थिक शरिर घर ल्याएको जस्तो सम्मान दिए ।
उता इराकी संसदले आइतबार नै इराकबाट बसिरहेका विदेशी सुरक्षाबलले देश छाड्नुपर्ने एक गैर–बाध्यकारी प्रस्ताव पास गर्यो । बग्दाद विमानस्थलमा भएको सुलेमानीको हत्याको विरोधमा यो प्रस्ताव ल्याइएको हो ।
इस्लामिक स्टेट समूहविरुद्ध बनेको अन्तराष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सैनिक छन् । आइतबारको मतदान अघि गठबन्धनले आईएसविरोधी अभियानलाई केही समय विराम लगाएको थियो ।
आणविक सम्झौता बारे इरानको नयाँ अडान
सन् २०१५ को सम्झौता अनुरुप, इरान आफ्नो संवेदनशील परमाणु गतिविधिहरुलाई सिमित गर्नुका साथै अन्तराष्ट्रिय निरिक्षकलाई निगरानी गर्न दिन अनुमती दिएको थियो । बदलामा इरानमाथिको प्रतिबन्ध हटाइने प्रतिबद्धता थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सम्झौताबाट एकतर्फी रुपमा हात झिके । ट्रम्पले आफू इरानसँग नयाँ सम्झौता गर्न चाहेको बताएका थिए । ट्रम्पले नयाँ सम्झौतामा इरानको परमाणु र ब्यालेस्टिक मिसाइलमा अनिश्चितकालिन रोक लगाउने बुदा थपिनुपर्ने बताएका थिए ।
इरानले त्यसलाई अस्वीकार ग¥यो । त्यसपछि इरानले विस्तारै सम्झौता अन्तर्गत पालना गर्नुपर्ने वाचा परित्याग गर्दै गएको थियो । सुलेमानीको मृत्युको समाचार आउनु अघि नै इरानले सम्झौताबारेमा नयाँ घोषणा गर्ने बताएको थियो ।
आइतबार इरानी मिडियाले तिनको देशले सन् २०१५ को सम्झौताले अघि ल्याएको कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा सार्वजनिक ग¥यो ।
‘इरानले आफ्नो आणविक प्रशोधनलाई बिना रोकतोक र आफ्नो प्राविधिक आवश्यकता अनुरुप अघि बढाउनेछ ,’ वक्तव्यमा भनिएको छ ।
तथापि, वक्तव्यले इरान सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको भनेको छैन । वक्तव्यमा इरानले संयुक्त राष्ट्र संघीय निगारनीकर्ता आइएईएसँग निरन्तर सहकार्य गर्ने बताएको छ ।
‘इरान आफ्नो प्रतिबद्धतामा फर्किन तयार छ तर त्यसको लागि हामीले त्यस सम्झौता पालना गरेबापतको फाइदा उपभोग गर्न पाउनुपर्छ । ’ वक्तव्यमा भनिएको ।
इरानले कति छिटो आणविक बम विकास गर्न सक्छ ?
इरानले उसको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनको लागि हो भन्दै आएको छ । तर पश्चिमी देशमा इरानले गोप्य रुपमा बम विकास गर्ला भन्ने शंकामाझ सन् २०१०मा संयुक्त राष्ट्रिय सुरक्षा परिषद, अमेरिका र युरोपले उमाथि कठोर प्रतिबन्ध लगाए ।
२०१५ आणविक सम्झौता इरानको आणविक कार्यक्रमलाई ठोस रुपमा सिमित गर्ने हिसाबले डिजाइन गरिएको थियो । यो सम्झौता पालन गरे बापत इरानले प्रतिबन्धमा सहुलियत पाउने कुरा उल्लेख छ ।
सन् २०१५जुलाई अघि इरानले ठूलो मात्रामा प्रशोधित युरेनियम जम्मा गरेको थियो । उक्त परिणामबाट आठदेखि १० वटा बम बन्ने तत्कालिन समयमा ह्वाइट हाउसले बताएको थियो ।
तत्कालिन समयमा अमेरिकी विज्ञले बताए अनुसार यदी इरानले बम बनाउने काममा तिव्रताका साथ लाग्यो भने उसले दुई तीन महिनामा आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत प्रशोधित युरेनियम बनाउने बताएका थिए । उक्त अवधिलाई ‘ब्रेक आउट टाइम’ भनिन्छ ।
अहिलेको समयमा इरानले आणविक हतियार बनाउने प्रयास ग¥यो भने ‘ब्रेक टाइम’ पार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । तर यदी प्रशोधनको मात्रा २०प्रतिशत वृद्धि गरियो भने त्यो समय घटाएर ६ महिना बनाउन सकिन्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द