Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

इजरायल र दुबईमा बमबारी गर्ने इरानको धम्की

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

 इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।

इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ ।

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ ।

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र दुबई (संयुक्त अरब इमिरेटको राजधानी) मा बमबारी हान्ने चेतावनी दिएको छ ।

इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।

इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ ।

उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो ।

‘अमेरिकाको आतंकवादी सेनालाई आधार दिएका अमेरिकाका मित्रशक्तिहरु कुनैको भूमिबाट पनि इरानविरुद्ध आक्रामक कदम उठाइएमा इरानले तिनमाथि आक्रमण गर्नेछ ,’ रिभोलुसनरी गार्डको वक्तव्यमा उल्लेख छ ।

रिभोलुसनरी गार्डको टेलिभिजन च्यानलले पनि संयुक्त अरब इमिरेटको दुबई र इजरायलको हइफामाथि बमबारी हुने धम्की दिएको छ ।

मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ ।

सुलमानीको हत्या र इरानी मिसाइल हमलामा धेरै पछि अमेरिका र इरानले छद्म शक्तिको प्रयोग नगरी सिधैं एकअर्कामाथि आक्रमण गरेका छन् ।

यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । दुई देश सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका शत्रु रहदै आएका छन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ । इरानी टीभीकै अनुसार आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.