ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु

बुधबार, माघ ८, २०७६, काठमाण्डाै । 

अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ । आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि छ ।

पूर्वउपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । अमेरिकी तल्लो सदनमा यही आरोपमा महाभियोग सामना गरेका ट्रम्पबारे माथिल्लो सदनमा पनि सुनुवाइ सुरु भएको हो ।

ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्कसम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने संशोधन प्रस्ताव विपक्षीले राखेका थिए । तर रिपब्लिकनले त्यसलाई विफल तुल्याइदिएका छन् ।

बीबीसीका अनुसार, दुई प्रस्ताव विफलपछि रिपब्लिकन तथा डेमोक्र्याटहरू महाभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस गरिरहेका छन् ।

सिनेटमा ट्रम्प आबद्ध दल रिपब्लिकन पार्टीको बहुमत छ ।

यसका नेता मिच मक्कोनेलले सुनुवाइमा भाग लिँदै महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने मत जायर गरेका छन् । विपक्षी डेमोक्रयाटहरू भने ठीक विपरीत उभिएका छन् । उनीहरू महाभियोग मुद्दाका साक्षी र दस्ताबेज झिकेर यो मामलाको छिनोफानो गर्नुपर्ने अडानमा छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै