Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारतको दिल्ली स्थित विश्वविद्यालय बाहिर गोली चल्याे

लगातार गाेली चल्दै भारतमा, याे घटना तेस्राे

User Photo सोमवार, माघ २०, २०७६
काठमाण्डाै ।

भारतको राजधानी नयाँदिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चलेको छ । गएराति मध्यरातमा स्कुटरमा सवार व्यक्तिले विश्वविद्यालयको पाँच नम्बर गेट अगाडि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चले पनि कोही हताहती भएको छैन ।

सोही विश्वविद्यालय नजिक नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन भइरहेको थियो । गोली चलाउने व्यक्तिहरुको पहिचान भने भएको छैन । गोली कोप्रति लक्षित थियो भन्ने पनि खुलेको छैन । यद्यपि प्रहरीले प्रत्यक्षदर्शीको वयानको आधारमा एफआईआर दर्ता गरेको छ ।

पछिल्लो चार दिनमा नागरिकता संशोधन विधेयकविरुद्ध भइरहेको प्रदर्शनस्थल नजिक गोली चलेको यो तेस्रो घटना हो । यसअघि ३० जनवरीमा एक व्यक्तिले प्रहरीकै अगाडि पेस्तोलबाट गोली प्रहार गरेका थिए । त्यसपछि १ फेब्रुअरीमा पनि शाहीनबाग क्षेत्रमा एक व्यक्तिले दुई राउण्ड हवाई फायर गरेका थिए ।

आइतबार बिहान उत्तर प्रदेशको राजधानी लखनउमा गोली हानी अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको हत्या भएको थियो ।

आइतबार राति करिब साढे ११ बजे गेट नम्बर ७ को तर्फबाट दुई जना व्यक्ति रातो रंगको स्कुटर चढेर आए । स्कुटर गेट नम्बर ५ अगाडि रोकियो । पछाडि बसेको व्यक्तिले स्कुटरमाथि चढेर प्रदर्शनस्थलतर्फ गोली चलायो । त्यसपछि उनीहरु फेमिली हस्पिटलतर्फ भागेका थिए ।

यो घटनापछि विश्वविद्यालयका विद्यार्थीहरुले जामिया नगर प्रहरी स्टेशन घेराउ गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरु फर्किएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.