भारतको दिल्ली स्थित विश्वविद्यालय बाहिर गोली चल्याे

लगातार गाेली चल्दै भारतमा, याे घटना तेस्राे
सोमवार, माघ २०, २०७६, काठमाण्डाै । 

भारतको राजधानी नयाँदिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चलेको छ । गएराति मध्यरातमा स्कुटरमा सवार व्यक्तिले विश्वविद्यालयको पाँच नम्बर गेट अगाडि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चले पनि कोही हताहती भएको छैन ।

सोही विश्वविद्यालय नजिक नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन भइरहेको थियो । गोली चलाउने व्यक्तिहरुको पहिचान भने भएको छैन । गोली कोप्रति लक्षित थियो भन्ने पनि खुलेको छैन । यद्यपि प्रहरीले प्रत्यक्षदर्शीको वयानको आधारमा एफआईआर दर्ता गरेको छ ।

पछिल्लो चार दिनमा नागरिकता संशोधन विधेयकविरुद्ध भइरहेको प्रदर्शनस्थल नजिक गोली चलेको यो तेस्रो घटना हो । यसअघि ३० जनवरीमा एक व्यक्तिले प्रहरीकै अगाडि पेस्तोलबाट गोली प्रहार गरेका थिए । त्यसपछि १ फेब्रुअरीमा पनि शाहीनबाग क्षेत्रमा एक व्यक्तिले दुई राउण्ड हवाई फायर गरेका थिए ।

आइतबार बिहान उत्तर प्रदेशको राजधानी लखनउमा गोली हानी अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको हत्या भएको थियो ।

आइतबार राति करिब साढे ११ बजे गेट नम्बर ७ को तर्फबाट दुई जना व्यक्ति रातो रंगको स्कुटर चढेर आए । स्कुटर गेट नम्बर ५ अगाडि रोकियो । पछाडि बसेको व्यक्तिले स्कुटरमाथि चढेर प्रदर्शनस्थलतर्फ गोली चलायो । त्यसपछि उनीहरु फेमिली हस्पिटलतर्फ भागेका थिए ।

यो घटनापछि विश्वविद्यालयका विद्यार्थीहरुले जामिया नगर प्रहरी स्टेशन घेराउ गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरु फर्किएका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै