Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

ट्रम्प आएकै दिन दिल्लीमा हिंसा, एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

विस्तृत जानकारी आउन बाकी

काठमाण्डाै ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ ।

विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उपचारको क्रममा मंगलबार बिहान अन्य तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । तर मृतकका बारेमा विस्तृत जानकारी भने उपलब्ध भइसकेको छैन ।

जीटीबी अस्पतालमा तीन दर्जन भन्दा बढी घाइतेहरुको अहिले पनि उपचार भइरहेको जनाइएको छ । उक्त नयाँ नागरिकता कानूनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो ।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गर्दैगर्दा राजधानी दिल्लीका केही भाग तनावपूर्ण अवस्थामा छन् ।

उत्तर–पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतबारदेखि हिंसा सुरु भएको थियो जुन सोमबार पनि जारी रह्यो । गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading