Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुग्याे

मृतकको संख्या थप बढ्ने अनुमान

User Photo बुधबार, फाल्गुन १४, २०७६
काठमाण्डाै ।

नागरिकता विधेयकलाई लिएर भारतमा दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार, सोमबार ८१ र मंगलबार ६९ जना प्रदर्शनकारी घाइते भएका छन् । अस्पताल लगिएका यीमध्ये केहीको अवस्था गम्भीर छ । ४० जना भने उपचारपछि घर फर्किएको स्वास्थ्यमन्त्री हर्षवर्धनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् । उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् । दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो । समाचार अनुसार, हिन्दू र मस्मिल समूदायबीच झडपका घटना भइरहेका छन् ।

संशोधित कानुनमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । तर, यसमा मुस्लिम उल्लेख छैन । त्यसैले यो व्यवस्था विभेदकारी भएको भन्दै भारतमा विरोध भइरहेको छ । यो कानुनको पक्षमा रहेकाहरुले भने अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा मुस्लिम समुदाय अल्पसंख्यक नभएको र सरकारबाट प्रताडित हुन पनि नपरेकाले उनीहरुलाई भारतीय नागरिकता नदिइएको तर्क गर्दै आएका छन् ।

यो कानुनको विरोध बीचमा केही मत्थरजस्तो देखिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पूर्वसन्ध्यादेखि चर्किएको हो ।

भारत सरकारको नागरिकतासम्बन्धी संशोधित कानुन विभेदकारी भएको भन्दै मुस्लिम बहुल देशहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसमेत गराएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.