Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

जवान रहन आफ्नै पिसाब पिउँछन् यी व्यक्ति

डिप्रेसनबाट छुटकारा

User Photo बिहिबार, फाल्गुन १५, २०७६
काठमाण्डाै ।

 यो दुनियाँमा अनेकखालका मान्छे हुन्छन् । मान्छेले गर्ने हरेकखालका कामहरूका पछाडि आफ्ना आफ्ना तर्क दिन्छन् । बेलायतमा एकजना यस्ता व्यक्ति छन् जसले दुनियाँमा सायदै अरू मानिसले खाने चिज खाइरहेका छन् ।

३२ वर्षका ती पुरुषले आफ्नो मूत्र पिउने गर्दछन् । पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ । पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन् ।

इंगल्याण्डको ह्याम्पसायरमा बस्ने ह्यारी मतादिन नामका ती युवकका अनुसार दिनहुँ पिसाब पिउनाले उनलाई डिप्रेसनबाट छुटकारा मिलेको छ ।

आफूले हरेक दिन २ सय मिलिलिटर बासी पिसाब पिउने गरेको उनी बताउँछन् । त्यसरी पिउने पिसाब एक हप्तादेखि एक महिनासम्म पुरानो हुने गरेको छ ।

बासी पिसाबमा एन्टी एजिङ अर्थात् बुढोपना रोक्ने तत्व पाइन्छ । त्यसकारण उनले पछिल्लो ४ वर्षदेखि आफ्नो पिसाब पिउँदै आएका छन् ।

ह्यारी पहिले डिप्रेसनको रोगी थिए । आफ्नो खराब स्वास्थ्यकै कारण उनले पिसाब पिउने निर्णय गरेका थिए ।

उनले मार्था क्रिस्टीको किताब ‘योर अउन परफेक्ट मेडिसिन’ पढेका थिए । त्यसबाटै उनलाई युरिन थेरापीको बारेमा थाहा भयो । युरिन थेरापीको बारेमा राम्रोसँग बुझ्नका लागि त्यसपछि उनी विभिन्न फेसबुक ग्रुपहरूमा आबद्ध भए र थप कुरा बुझे पनि । विज्ञहरूसँग समेत कुरा गरेर उनले युरिन थेरापीको फाइदाका बारेमा जानकारी लिए । अनि आफ्नै पिसाब पिउने उपचार पद्धति सुरु गरे ।

सुरु सुरुमा पिसाबको गन्ध नराम्रो लाग्ने र पिउन कठीन हुने भए पनि अहिले बानी परिसकेको उनी बताउँछन् ।
एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.