Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

विदेश यात्रामा नजान भारतले दियाे नागरिकलाई चेतावनी

संक्रमणबाट हडबडाउनुको साटो सतर्कता जरुरी

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

भारत सरकारले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी (यात्रा चेतावनी) जारी गरेको छ । भारतीय स्वास्थ्य मन्त्री हर्षवर्धनले विहीबार यस्तो जानकारी गराएका हुन् ।

कोरोनाको संक्रमणबाट हडबडाउनुको साटो सतर्कता जरुरी रहेको भन्दै उनले जरुरी छैन भने विदेश यात्रामा नजान आफ्ना मुलुकका नागरिकलाई आग्रह गरेका हुन् ।

भारतको ट्राभल एडभाइजरीपछि अब नेपाल आउने भारतीय पर्यटकको संख्यामा ठूलो कटौती हुनेछ । चीनबाट फेब्रुअरीमै पर्यटक आगमन ८० प्रतिशतभन्दा कम भएको थियो । नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । दोस्रो स्थानमा चीन रहेको छ ।

अब भारतले लगाएको एडभाइजरीपछि भारतबाट आउने पर्यटकसमेत घट्दा यसले नेपाली पर्यटन क्षेत्रमा भने ठूलो प्रभाव पार्नेछ । यसअघि भारतले चीन पुगेर भारत र्फकने सबै मुलुकका नागरिकलाई ‘इ-भिसा’ सुविधा बन्द गरेको थियो ।

स्वास्थ्य मन्त्री हर्षबर्धनले भारतीय राज्यसभामा कोरोना भाइरसबारे जानकारी गराउँदै ट्राभल एडभाइजरी जारी भएको बताएका हुन् । उनका अनुसार भारतमा अहिलेसम्म २९ जनामा संक्रमण पुष्टी भइसकेको छ । भारतले विद्यालयहरुका लागि समेत एडभाइजरी जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सकेसम्म विद्यार्थीलाई समुहमा भेला हुन नदिन आग्रह गरिएको छ । विद्यालयहरुमा स्यानीटाइजरको व्यवस्था गर्न र शौचालयमा पर्याप्त पानी तथा साबुनको व्यवस्था गर्न सचेत गराइएको छ ।

विद्यार्थी र शिक्षकलाई नियमित हात हुन सिकाउने, सकेसम्म मुखमा मास्कको प्रयोग गर्न र कुनै विद्यार्थीलाई यस संक्रमणको शंका लागेमा तत्काल आइसुलेसनमा लैजान आग्रह गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.