कोरोना त्रास : जेल तोडेर भाग्‍दा २३ को मृत्यु, ८३ घाइते

जेलभित्र कोरोना संक्रमण भेटिएको थिएन
मङ्लबार, चैत्र ११, २०७६, काठमाण्डाै । 

कोलम्बियाको एउटा जेलभित्रै कोरोना भाइरसको त्रासका कारण भागदौड र दंगा हुँदा २३ कैदीहरुको मृत्यु भएको छ । ८३ जना घाइते छन् ।

न्याय मन्त्रालयका अनुसार आइतबार बोगोताको ला मोदेलो जेलमा आपराधिक र विशाल किसिमको भागदौड भएको हो । जुन मुलुककै सबैभन्दा ठूलो र अधिक जनसंख्या भएको कारागार हो । मार्गारिता काबेलोले यस्तो घटनालाई देशकै पीडादायी दिनको रुपमा व्याख्या गरेकी छन् ।

जेलबाट कोरोनाको त्रासका कारण कैदीहरु भागे पनि जेलभित्र कुनै पनि कोरोना संक्रमण भेटिएको थिएन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै