Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेनाबाट एक दिनमै ३ हजार २ सय भन्दा बढीकाे मृत्यु

इटलीमा मात्रै ९ सय १९ काे मृत्यु

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।

विश्व्यापी महामारी कोरोना भाइरस (कोभिड-१०) बाट शुक्रबार मात्रै ६२ हजार बढी संक्रमित भेटिएका छन्। सबैभन्दा बढी अमेरिकामा हिजो झण्डै १७ हजार नयाँ संक्रमित भेटिए।

योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख २ हजार पुगेको छ। यो विश्वको सबैभन्दा धेरै संख्या हो। अमेरिकामा हालसम्म ६ लाख ८५ हजार मानिसमा कोरोना परीक्षण गरिएको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्। इटलीमा अहिलेसम्म ८६ हजार ४ सय संक्रमित भेटिएका छन्। चीनमा ८१ हजार ३ सय ४० संक्रमित भेटिएकामा झण्डै ७५ हजार निको भइसकेका छन्।

त्यस्तै ३ हजार २ सय ९२ जनाको एक दिनमै मृत्यु भएको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी इटलीमा ९ हजार १ सय मानिसको मृत्यु भएको छ। इटलीमा कोरोना संक्रमित १ सय २ वर्षीया महिला उपचारपछि निको भएकी छन्। उत्तरी जेनोआ सहरकी ती महिला २० दिन अस्पतालमा बसेर उपचार गराएपछि निको भएकी हुन्। उनले हिजो १ सय २ वर्षको जन्मदिन मनाएकी छन्।

स्पेनमा ५ हजार १ सय बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या सबैभन्दा धेरै रहेको अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै १ हजार ६ सय पुगेको छ। फ्रान्समा ३२ हजार संक्रमित भेटिँदा १ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या साढे ७ सय पुगेको छ।

हिजो एकै दिन सबैभन्दा धेरै इटलीमा ९ सय १९ जनाको मृत्यु भएको छ भने स्पेनमा ७ सय ७३ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर हिजो ३ हजार भन्दा बढीको मृत्यु भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.