Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

भारतमा एकै दिन १८ जनाको मृत्यु, मर्नेहरूकाे संख्या ११७ पुग्याे

२४ घण्टामा नयाँ ७ सय जना संक्रमित

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ थियो ।

भारत कुल संक्रमित ४ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ७ सय जना नयाँ संक्रमित भेटिएका छन् । आइतबार बिहानसम्म भारतमा संक्रमितको कुल ३ हजार ५८८ थियो ।

भारतमा कुल संक्रमितमध्ये २२८ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार ८४३ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.