Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

भारतमा एकै दिन काेराेनाबाट ४३ जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या चार सय ८० पुग्याे

User Photo शनिबार, बैशाख ६, २०७७
काठमाण्डाै ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमिन निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.