Naya Media
बिहिबार, भदौ ११, २०८३
| | August 27, 2026
बिहिबार, भदौ ११, २०८३

काेराेना अपडेटः विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु, २६ लाख बढी संक्रमित

अमेरिकामा मात्रै ४६ हजार पाँच सय ८३ जनाको मृत्यु

User Photo बिहिबार, बैशाख ११, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ जना संक्रमित भएका छन् ।

अमेरिकामा ७७ हजार ३ सय ६६ जना निको भएर घर गएका छन् । अमेरिकाको न्युयोर्क शहरमा मात्र १५ हजार ७४ जनाको मृत्यु भएको छ ।
इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.