Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन ७१ जनाको मृत्यु

User Photo बिहिबार, बैशाख १८, २०७७
काठमाण्डाै ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ बुधबार एकैदिन हालसम्मकै बढी ७१ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्सले जनाएको छ । यससँगै त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ३३ हजार ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा (बुधबार) मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् । मंगलबार त्यहाँ १ हजार ९०९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए भने ६९ जनाको मृत्यु भएको थियो ।

यसैबीच भारतमा कोरोना संक्रमितमध्ये ७ हजार ७४७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २३ हजार ५४६ जना उपचार गराइरहेको जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.