Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

लोकपाल सदस्य सहित भारतमा एकै दिन १०० जनाकाे मृत्यु

User Photo आइतवार, बैशाख २१, २०७७
काठमाण्डाै ।

भारतमा कोरोना भाइरस संक्रमण र संक्रमणबाट मृत्यु हुनेकाे संख्या दैनिक रुपमा बढ्दै गएकाे छ । शनिबार एकै दिन मात्र कोरोना संक्रमणका कारण १०० सय जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२३ पुगेको छ । कोरोना भाइरसका कुल संक्रमित संख्या पनि ३९ हजार ६९९ पुगेको छ । शनिबार एकैदिन मात्र २ हजार ४४२ जना नयाँ संक्रमित फेला परेका छन् ।

साथै भारतमा हालसम्म १० हजार ८१९ जना उपचारपछि निको भएका छन् भने बाँकी २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

लोकपाल सदस्यको मृत्यु

भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार गत अप्रिल २ तारिखमा त्रिपाठीको स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

त्रिपाठी ६२ वर्षका थिए र उनको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर अवस्थामा थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहकै अवस्थामा शनिबार राति उनको निधन भएको बताइएको छ ।

छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीश समेत रहेका त्रिपाठीलाई सन् २०१९ को मार्चमा कानुन मन्त्रालयले लोकपाल सदस्यमा नियुक्त गरेको थियो ।

यसैबीच न्यायमूर्ति अजय कुमार त्रिपाठीको निधनमा बिहारका मुख्यमन्त्री नीतीश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले शोक व्यक्त गरेका छन् । आफ्नो शोक सन्देशमा नीतीश कुमारले भने कि अजय कुमार त्रिपाठीको मृत्युले न्यायपालिका क्षेत्रमा अपूरणीय क्षति भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.