भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

सोमवार, जेष्ठ १२, २०७७, काठमाण्डाै । 

। भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् ।

भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण प्रान्तहरुले नै आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन् ।

यद्यपि विमानमा आवश्यक सतर्कता अपनाइने र प्रभावित क्षेत्रका मानिसहरुलाई परीक्षण गराएर मात्र पठाउने सहमति जुटेसँगै सबै राज्यको बीचमा आन्तरिक उडान खोल्ने सहमति जुटेको छ ।

यद्यपि सोमबारको लागि तय गरिएको धेरै उडानहरु भने रद्द भएका छन् । राजधानी सहर दिल्ली र बेंगलुरुका करिब एक सय उडान रद्द भएका छन् ।

जसमध्ये ८२ ओटा दिल्लीको उडान रद्द गरिएको छ भने बेंगलुरुका २० उडान रद्द भएका छन् । मानिसहरुले टिकट काटेर विमानस्थल आउँदा विना कुनै सूचना विमानको उडान रद्द भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आन्तरिक उडान शुरु गर्ने विषयमा भारतको पश्चिम बंगालले भने अहिले आँधीको कारण प्रान्तको अवस्था राम्रो नभएको कारण उडान शुरु गर्न केही समय आवश्यक रहेको बताएको छ ।

भारतीय स्वास्थ्यमन्त्रीले आइतबार हवाई उडानमार्फत यात्रा गर्ने सबैलाई क्वारेन्टाइनमा पठाउनुपर्ने व्यवस्थाको लागि आग्रह गरेका थिए । उनले लक्षण नदेखिएका मानिसलाई आफ्नै घरमा र लक्षण देखिएका मानिसलाई सरकारले तोकेको क्वारेन्टाइनमा बस्न उनले सुझाव दिएका छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको भए पनि लकडाउनले आर्थिक क्षेत्र कमजोर बन्दै गएसँगै भारतले लकडाउन पनि केही खुकुलो बनाउने निर्णय गरेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै