Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

User Photo सोमवार, जेष्ठ १२, २०७७
काठमाण्डाै ।

। भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् ।

भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण प्रान्तहरुले नै आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन् ।

यद्यपि विमानमा आवश्यक सतर्कता अपनाइने र प्रभावित क्षेत्रका मानिसहरुलाई परीक्षण गराएर मात्र पठाउने सहमति जुटेसँगै सबै राज्यको बीचमा आन्तरिक उडान खोल्ने सहमति जुटेको छ ।

यद्यपि सोमबारको लागि तय गरिएको धेरै उडानहरु भने रद्द भएका छन् । राजधानी सहर दिल्ली र बेंगलुरुका करिब एक सय उडान रद्द भएका छन् ।

जसमध्ये ८२ ओटा दिल्लीको उडान रद्द गरिएको छ भने बेंगलुरुका २० उडान रद्द भएका छन् । मानिसहरुले टिकट काटेर विमानस्थल आउँदा विना कुनै सूचना विमानको उडान रद्द भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आन्तरिक उडान शुरु गर्ने विषयमा भारतको पश्चिम बंगालले भने अहिले आँधीको कारण प्रान्तको अवस्था राम्रो नभएको कारण उडान शुरु गर्न केही समय आवश्यक रहेको बताएको छ ।

भारतीय स्वास्थ्यमन्त्रीले आइतबार हवाई उडानमार्फत यात्रा गर्ने सबैलाई क्वारेन्टाइनमा पठाउनुपर्ने व्यवस्थाको लागि आग्रह गरेका थिए । उनले लक्षण नदेखिएका मानिसलाई आफ्नै घरमा र लक्षण देखिएका मानिसलाई सरकारले तोकेको क्वारेन्टाइनमा बस्न उनले सुझाव दिएका छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भइरहेको भए पनि लकडाउनले आर्थिक क्षेत्र कमजोर बन्दै गएसँगै भारतले लकडाउन पनि केही खुकुलो बनाउने निर्णय गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.