Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा आजबाट लकडाउन खुल्यो

User Photo सोमवार, जेष्ठ १९, २०७७
काठमाण्डाै ।

भारतमा आजबाट लकडाउन खुलेको छ । भारत सरकारले अनलक नाम दिएर आजबाट लागु हुने गरी तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । कोरोना भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसकेपनि भारतले लकडाउन खोलेको हो ।

अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको कफर्यु कायमै रहनेछ । कफर्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । जसमा मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । धार्मिक संस्था आजबाट नै खोल्ने माग समेत भएको छ । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मल र सुपरमार्केटहरु खोल्ने अनुमति दिइएको छ । तर, उनीहरुले सावधानी अपनाउनुपर्नेछ ।

लकडाउन खुलेपछि अनलकको दोस्रो चरणमा स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरु खुल्नेछन् । शैक्षिक संस्थाको सवालमा राज्य सरकारहरुसँग परामर्श गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ । तीन महिनापछि विद्यार्थीहरु विद्यालय जानेछन् ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेको छ । नेपालमा ३२ जेठसम्म लकडाउन लम्ब्याइएको छ । भारतमा लकडाउन खुलेको अवस्थामा नेपालमा कस्तो निर्णय लिइएला भन्ने चासो बढेको छ । सरकारले विभिन्न क्षेत्रमा खुकुलो बनाउँदै लाने नीति लिन लागेको छ


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.