Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

अभिनेत्रीद्वारा आत्महत्या

User Photo बुधबार, जेष्ठ २१, २०७७
काठमाण्डाै ।

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् ।

भारतीय सञ्चार माध्यम जागरणका चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ । आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छिन् । आत्महत्या गर्नुअघि चन्दनाले उक्त भिडियो आफ्ना प्रेमी र परिवारलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो उनीहरुले पाएलगत्तै यसबारे नायिकाका छिमेकीलाई जानकारी दिइयो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्याउन नपाउँदै डाक्टरले उनलाई मृत घोषित गरे । रिपोर्टका अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डेट गरिरहेकी थिइन् । उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेको बताइन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.