बिष्फोटक पदार्थ राखेको भूइकठहर खुवाएर, गर्भिणी हात्तिको हत्या

बिहिबार, जेष्ठ २२, २०७७, भारत । 

भारतको केरेलामा एउटा गर्भिणी हात्तीलाई बिष्फोटक पदार्थ राखिएको खानेकुरा खुवाएर मारिएको छ। भुइँकटहर भित्र बिष्फोटक पदार्थ हालेर हात्तिलाई खुवाउदा,कतिपय सुड्मा र केही पेटभित्र पड्किएका थिए।

अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बिस्फोटक पदार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूको भनाइ छ।

त्यहाँका स्थानीयले भालुबाट आफ्नो बाली जोगाउन यसरी भुइँकटहरमा बिस्फोटक पदार्थ राख्ने पहिलादेखि नै गर्दै आएका छन्।

उसको मुखमै पड्किएको भुइँकटहरभित्र निकै शक्तिशाली बिस्फोटक पदार्थ रहेछ। त्यसले उसको जीब्रो र बंगरामा घाउ बनाएको छ।

भुइँकटहर पड्किन थालेपछि पीडा सहन नसकेर हात्ती गाउँभरि डुली। मुखमै घाउ भएकाले उसले केही खान पनि सकेकी थिइन।

‘छटपटाउँदै गाउँभरि हिँड्दा पनि उसले कसैलाई आक्रमण गरिन, कसैको घरमा भत्काइन। मलाई लाग्छ ऊ ज्ञानी थिई,’ उक्त हात्तीको उपचारमा खटिएका बन अधिकारी क्रिसनले हात्तीको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्।

पछि हात्ती भेलियार नदीमा गई र पानीमै उभिई। हात्ती नदीमा सुँड र मुख डुबाएर उभिएको तस्बिरहरूमा देखिन्छ। नदीमा यसरी ऊ तीन दिनसम्म उभिइरही। यसो गर्दा शरीरभित्रको उसको जलन अलि कम हुन्थ्यो होला। वन अधिकारीहरूले मुखको घाउमा आउने झिँगा र अरू किरा हटाउन पनि उसले सुँड डुबाएको हुन सक्ने बताएका छन्।

पछि वन अधिकारीहरूले सुरेन्द्रन र नीलकण्ठ नाम दिइएका दुई घर पालुवा हात्तीलाई ल्याएर उसलाई नदीबाट निकाल्न खोजेका थिए। उनीहरू हात्तीको शल्यक्रिया गर्न चाहन्थे।

‘सायद उसलाई आफू मर्छु भन्ने थाहा थियो होला। हामीलाई केही गर्न दिइन,’ क्रिसनले लेखेका छन्।

वन अधिकारीहरूले उद्धारका लागि घन्टौं गरेको प्रयासका बावजुद् मे २७ को दिउँसो ४ बजे उसले प्राण त्यागी।

त्यसपछि वन अधिकारीहरूले उसको मृत शरीरलाई ट्रकमा राखेर जंगलमा ल्याए। जंगलमै उनीहरूले उसको शव जलाए।

‘उसले पाउन योग्य अन्तिम संस्कार दिनु जरूरी थियो। त्यही भएर हामीले उसलाई लोरीमा राखेर जंगल ल्यायौं। उसले खेले र हुर्केबढेको ठाउँमा चिता बनायौं। उसको पोष्टमर्टम गरेका डाक्टरहरूले मलाई भनेअनुसार उसको पेटमा बच्चा थियो। मास्क लगाएकाले उनको अनुहार देख्न नपाए पनि मैले ती डाक्टरको विक्षिप्तता महशुस गरें। हामीले झुकेर उसको चितामा हाम्रो अन्तिम सम्मान दर्शायौं,’ एक जना वन अधिकारीले भने।

साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्डलाइफ़ वार्डन सेमुअल पचाऊले हात्तीको मृत्युको विषयमा मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन्। घटनामा संलग्नहरूको खोजी हुँदैछ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै