
विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६३ लाख ९१ हजार ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख १५ हजार ६६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ४१५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार ४१८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ८२ हजार ६८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ६० जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख ६ हजार ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार २०५ को मृत्यु भएको छ । एसिया ५३ लाख ९६ हजार ७७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५ हजार ६६९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १० लाख ८८ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ । –एएफपी
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द