
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।
बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए । उनले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफै लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको बताइएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ ।सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए ।
तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए ।
नेता उनले यसअघि गत जुलाई अन्त्य तिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए । त्यसबेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएको थियो ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द