
विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख एक हजार ६४६ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाको कारण एक लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोनाबाट ९६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने मेक्सिकोमा पनि ७६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन करोड ३३ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित फेला परेको अमेरिकामा ७१ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने भारतमा ६१ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाखभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । रुसमा पनि ११ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।
अहिलेसम्म विश्वभर दुई करोड ३१ लाख कोरोना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द