Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघ्याे

User Photo मङ्लबार, अशोज १३, २०७७
काठमाण्डाै ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख एक हजार ६४६ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाको कारण एक लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोनाबाट ९६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने मेक्सिकोमा पनि ७६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन करोड ३३ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित फेला परेको अमेरिकामा ७१ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने भारतमा ६१ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाखभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । रुसमा पनि ११ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।

अहिलेसम्म विश्वभर दुई करोड ३१ लाख कोरोना संक्रमित निको भइसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.