Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

अमेरिकी संसद्को तल्लो सदनबाट राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित

User Photo बिहिबार, माघ १, २०७७
काठमाण्डाै ।

अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ ।

बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान गरेका थिए । रिपब्लिकन पार्टीका १० सांसद्ले महाभियोग प्रस्तावको समर्थन गरेका थिए ।

गत ६ जनवरीमा अमेरिकाको संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनको लागि उक्साएको आरोपमा ट्रम्पमाथि महाभियोग प्रस्ताव लगिएको हो । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।

यससँगै ट्रम्प अमेरिकाको इतिहासमा तल्लो सदनले दुईपटक महाभियोग प्रस्ताव पारित गरेको पहिलो राष्ट्रपति बनेका छन् । यसअघि सन् २०१९ को डिसेम्बरमा पनि ट्रम्पमाथिको महाभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । युक्रेनमा डेमोक्रेटिक पार्टीका जो बाइडनमाथि अनुसन्धान बढाउनको लागि दबाव दिएर अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा उनीमाथि महाभियोगको प्रस्ताव दायर गरिएको थियो । यद्यपि माथिल्लो संसद् सिनेटले भने उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

अहिले तल्लो सदनले पारित गरेको महाभियोगको प्रस्ताव पारित हुन सिनेटले पनि यो प्रस्ताव दुई तिहाइले पारित गर्नुपर्नेछ । यद्यपि सिनेटको बैठक अब जनवरी १९ अघि नबस्ने संकेत सिनेटका नेताहरुले गरिसकेको कारण अमेरिकामा ट्रम्प जनवरी २० भन्दा अघि हट्ने सम्भावना भने महाभियोग प्रस्ताव पारित भए पनि निकै कम देखिएको छ । यदि यसै साता सिनेटको बैठक बसेको अवस्थामा पनि टजनवरी २० सम्ममा ट्रम्पलाई हटाउने फैसला हुन नसक्ने सिनेटका नेताहरुको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.