Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

चीन र भारतका सैनिकबीच फेरि भिडन्त, दुवै देशका केही सैनिक घाइते

User Photo सोमवार, माघ १२, २०७७
काठमाण्डाै ।

चीन र भारतका सैनिकबीच फेरि भिडन्त भएकाे छ । दुई देश बिचकाे विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। सो संघर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको हाे ।

अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।

तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकु ला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ। भारत र चीनबाट आधिकारिक प्रतिक्रिया जनाइएको छैन।

सिक्किम क्षेत्र भुटान र नेपालबीच पर्छ। भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ।

मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए।

भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन्।

सन् १९९६ को सहमतिअनुसार “लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्……विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।”


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.