Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

User Photo बिहिबार, बैशाख ९, २०७८
काठमाण्डाै ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै दिल्लीमा पनि २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा कडाइ गरेका छन् । यद्यपि, भारतमा कोरोना संक्रमण नियन्त्रणमा भने आएको छैन ।

कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा पनि बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ । अहिलेसम्म भारतमा १३ करोड २३ लाख डोजभन्दा बढीले कोरोना खोप लिइसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.