Naya Media
शुक्रबार, बैशाख १८, २०८३
| | May 1, 2026
शुक्रबार, बैशाख १८, २०८३

अमेरिकामा कोभिड बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्याे

३ करोड ३५ लाखमा संक्रमण

User Photo बुधबार, असार २, २०७८
काठमाण्डाै ।

अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको पहिलो नम्बरमा छ ।

यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन् । तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन । अमेरिकामा १७ करोड ७३ लाख जनसंख्या अर्थात् झन्डै ५२ प्रतिशत जनसंख्याले कम्तिमा खोपको एक डोज लिइसकेको छ ।

कोरोनाबाट सर्वाधिक धेरै व्यक्ति मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन् । ब्राजिलमा ४ लाख ८ हजार र भारतमा ३ लाख ७७ हजारले ज्यान गुमाइसकेका छन् ।

बीबीसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.