Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

भारतमा एकै दिन २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण

User Photo आइतवार, माघ २, २०७८
काठमाण्डौ ।

भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या ७ हजार ७४३ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.