Kanoon Post
शुक्रबार, बैशाख ५, २०८२
| April 18, 2025 |
शुक्रबार, बैशाख ५, २०८२
Advertisement

भारतीय संसदीय इतिहासमा सांसद निलम्बनबारे नयाँ रेकर्ड

User Photo
शुक्रबार, बैशाख ५, २०८२
काठमाण्डौ ।

भारतमा ठूलो संख्यामा प्रतिपक्षी गठबन्धनका सांसदहरु निलम्बनमा परेका छन् । संसदमा हुने घुसपैठ र सांसद तथा सदनको सुरक्षाबारे गृहमन्त्रीलाई प्रश्न गर्दै सदन अवरोध गर्दा एकैदिन ७७ सांसद निलम्बनमा परेका हुन् ।

राज्यसभा र लोकसभामा गरी भने कुल १४१ जना सांसद निलम्बनमा परेको द हिन्दुले लेखेको छ । सन् १९८९ मा राजीव गान्धी प्रधानमन्त्री हुँदा इन्दिरा गान्धीको हत्या प्रकरणलाई लिएर सदनमा पेश भएको प्रतिवेदनबारे विरोध जनाउँदै सदन अवरुद्ध गर्ने ६८ जना सांसद निलम्बित भएका थिए । तर यसपटक त्यस भन्दा पनि धेरै संख्यामा सांसद निलम्बित भएका हुन् ।


advertisement

५ सय ४२ सदस्यीय लोकसभामा प्रतिपक्षी गठबन्धनका १३३ सांसद रहेका छन् । ती मध्ये विभिन्न समयमा गरी ९५ जना निलम्बनमा परेका छन् । यता राज्यसभाको सचिवालय स्रोतका अनुसार त्यहाँ पनि ४६ सांसद निलम्बनमा परेका हुन् ।

प्रतिपक्षी गठबन्धनले यसलाई लोकतन्त्रको हत्या भनेको छ भने सत्तारुढ दलले अराजक गतिविधि नियन्त्रणका लागि अत्यावश्यक कदम भनेको छ ।

प्रतिपक्षी गठबन्धनको भनाइ उद्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘संसदमा बहसलाई निषेध गर्न र आफूमाथि उब्जिने नैतिक प्रश्न रोक्नका साथै प्रतिपक्षीविहीन संसद बनाउने कदममा सत्तारुढ दल अग्रसर छ ।’

प्रतिपक्षी गठबन्धनको राज्यसभामा ५० प्रतिशत सांसद र लोकसभामा एक तिहाइ सांसद निलम्बनमा परेका हुन् । सरकारले भने दुबै सदनका सभामुखमाथि अमर्यादित गतिविधि गर्दै संसदीय मान्यता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न जरुरी भएकाले निलम्बन गरिएको भन्दै यस कदमको बचाउ गरेको छ ।

संघीय मन्त्री पियुष गोयलले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘सभामुखकको मानमर्दन गर्दै संसदीय मान्यता विपरीतका अराजक क्रियाकलाप रोक्न यो कदम आवश्यक थियो र जायज पनि छ ।’

राज्यसभा तथा लोकसभा दुबैमा प्रतिपक्षी गठबन्धनका सांसदहरुले सदनमा घुसपैठबारे गृहमन्त्रीले यथार्थपरक जानकारी दिनुपर्ने माग राख्दै जवाफ नआएसम्म सदन अवरुद्ध गरिरहेका थिए ।

गत १३ डिसेम्बरमा लोकसभामा दर्शकदिर्घाबाट कुद्दै दुई जनाले पहेँलो रंगको स्प्रे सदनभित्रै छरेका थिए । सदनको बाहिर भने तानाशाही पारा चल्दैन भन्ने नारा समेत लागेको थियो । सदनभित्र घुसपैठको प्रयास गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

संसदको सुरक्षाको सवालमा प्रश्न उठाउँदै उनीहरुले गृहमन्त्री अमित शाहको जवाफ मागेका थिए भने कतिपयले उनको राजीनामा समेत माग गरेका थिए । प्रतिपक्षी गठबन्धनले सरकार संसदप्रति उत्तरदायी नभएको भन्दै उत्तरदायी बनाउने प्रयासमा जवाफ माग गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह दुबैलाई सदनप्रति जवाफदेही बनाउने उनीहरुको प्रयास भने सफल भएन । मोदीले यस प्रकरणबारे संक्षिप्तमा दैनिक जागरणलाई प्रतिक्रिया दिन भ्याउँदा सदनमा जवाफ नदिने र गृहमन्त्रीलाई सदनमा जवाफ दिन माग गर्दा टिभीमा प्रष्टीकरण दिने भन्दै प्रतिपक्षी गठबन्धन चिढिएको छ ।

दैनिक जागरणसँगको कुराकानीमा मोदीले भनेका थिए-‘संसदमा घुसपैठबारे बहस होइन विस्तृत अनुसन्धान जरुरी छ ।’

निलम्बनमा परेका सांसद शशी थरुरले विरोधमा लेखेका छन्, ‘संसदीय मात्रै नभएर भारतीय समग्र लोकतन्त्रबारे हामीले अब संस्मरण लेख्ने बेला भइसकेको छ ।’

प्रतिपक्षी गठबन्धनले तानाशाही सरकारबाट लोकतन्त्रको हत्या भएकाले यो अन्यायमा चुप नबस्ने बताएको छ ।

# अन्तर्राष्ट्रिय

User Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.