Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

दुर्घटना भएर लडिरहेदा उठाउन सम्म काेही आएन, सबै आउँथे, हेर्थे, विचरा भन्थे अनि जान्थे

User Photo सोमवार, चैत्र २५, २०७५
काठमाण्डौ ।

म बाइक चलाउने गर्छु । त्यो दिन पनि ‘जात्रैजात्रा’को सेटमा म बाइक चलाएरै गइरहेको थिएँ । सुटिङ बालाजुमा भइरहेको थियो । गाडी लिन आउने तयारीमा थियो तर बाइक कुदाउन सौखिन म ढिलो होला भन्ने लागेर बाइकमै हिँड्ने निधो गरेँ ।

टेकु पुलमा पुग्नेबित्तिकै एउटा बाइक अनियन्त्रित तरिकाले आएको देखेँ । अलिकति साइड लाउन खोज्दै थिए, तैपनि ठ्याङ्गै मेरै खुट्टातिर आएर ठोक्किइहाल्यो । मलाई थाहा भयो, मेरो खुट्टा भाँच्चियो । दुख्यो पनि तर म बाइकमै छु, लडेको छैन । उता हान्ने मान्छे भागिसक्यो ।

खुट्टा टेक्न खोजेँ, सकिनँ तर बेहोस् भइनँ म । मनमा अनेक कुरा खेल्यो । अरे, यत्रो खुट्टा भाँच्दा पनि म बेहोस भइनँ । यसो आँखा छाम्छु, आँशु पनि आ’को छैन । फेरि मनमनै सोच्छु, ‘अरे यार यत्रो डेन्जर कुरा हुँदा पनि आँशु त आँउदैन त यार ! फिल्ममा भए त आँशु निकालेर धुरुधुरु रुनुपर्ने हुन्थ्यो ।

हामीले गरिरहेको अभिनय कति यथार्थपरक रै’छ, थोरै महसुस पनि गरायो । त्यतिबेला मैले ढलीढली भए पनि मोबाइल निकालेर फिल्मको प्रोडक्सन म्यानेजरलाई फोन गरेर दुर्घटना भएको जानकारी गराएको थिएँ । दुर्घटना भएको धेरै मिनेटसम्म मलाई कसैले उठाउन आएको थिएन । सबै आउँथे, हेर्थे, विचरा भन्थे अनि जान्थे ।

अति भएपछि, मैले प्लिज मलाई उठाइदिनुस्, बचाइदिनुस्, ट्याक्सीमा हाल्दिनुस् भनेर गुहार माग्न थालेँ । पर रहेका दुईजना प्रहरी, एकजना ट्राफिक आइपुग्नुभयो । ट्राफिकले मलाई चिन्नुभएछ क्यार ! उहाँले साथीलाई खुसुक्कै कानमा भनेको सुने, ‘यो त कलाकार हो ।’ त्यसपछि मैले हल्का खोलेको मास्कलाई पुरै खोले ।

हस्पिटल पुगेँ । उपचार भयो । दुई महिना बेड रेस्टमा हुँदा निकै गाह्रो भयो । सुटिङ सेट मिस त हुन्थ्यो तर म चित्त बुझाउँथे । योभन्दा ठूलो दुर्घटना भएको भए त मैले कलाकारिता गर्न पाउँथिन होला, धन्न यति मात्रै भयो भन्दै आफूले आफूलाई फकाउँथे ।

(याे सामाग्री केही समय अगाडी शुक्रबारमा प्रकाशित नायक विपिन कार्कीकाे अन्तरवार्ताबाट लिइएकाे हाे । समाजकाे यथार्थता, वास्तविकता र हाम्राे व्यावहार देखाउने नायक कार्की अनुभव र तिताे भाेगाइ झल्काउने साथै सकारात्मक साेच्न प्रेरित गर्ने भएकाले उहाकाे अनुभवकाे रूपमा प्रकाशित गरिएकाे हाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.