एसइइकाे नतिजा संगै विद्यार्थी र अभिभावकमा समेत एक प्रकारकाे दवाव तथा हतार हुन्छ, अव कहाँ पढने वा कहाँ पढाउने ? प्राय कलेजहरू यतीखेर विज्ञापन गर्नमा खटिइरहेका हुन्छन । अनेक राम्रा र आश लाग्दा कुराहरू गर्दै विद्यार्थी भर्ना गराउने प्रयासमा हुन्छन। कलेज घुम्दा वा विज्ञापन हेर्दा हेर्दै कतिपय विद्यार्थी तथा अभिभावक कहाँ पढाउने वा पढ्ने भनेर झनै अन्याैलमा परिरहेका हुन्छन । बिशेष गरी कलेज वा विषय छानाेटकाे निर्णय गर्दा अभिभावक तथा विद्यार्थीले के कुरामा ध्यान दिन आवश्यक छ ? भन्ने विषयमा केन्द्रित रहेर नैकाप, काठमाण्डाै स्थित ब्राईट फ्युचर माध्यमिक विद्यालयका प्लस टु प्रमुख श्यामकृष्ण महर्जन संग गरिएकाे कुराकानी ।
अहिले विद्यार्थी मात्र हैन अभिभावक समेत कुन कलेजमा पढने वा पढाउने भनेर द्विविधामा हुनुहुन्छ । यति विद्यार्थी वा अभिभावकले ध्यान दिनु पर्ने मुख्य कुरा चाही के हाे ?
निश्चित रुपमा एसइइ दिएर बसेका भाइबहिनीहरु अहिले के पढ्ने भनेर अलमलमा परेका छन् । यो कलेज छानु कि त्यो कलेज छानूँ भएको छ । धेरै विद्यार्थीहरु धेरै कलेजमा घुमिरहेका छन् । सबै कलेजमा आ-आफ्नै किसिमका सुविधाहरु हुन्छन् । मेरो सझाव विद्यार्थी भाइबहिनीहरुलाई यो छ कि तपाई जुनसुकै कलेज जानुस् त्यहाँको म्यानेजमेन्ट टिम, त्यहाँको शिक्षक शिक्षिकाको अनुभव शिक्षण सिकाई विधि सम्पूर्ण कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ र विषयहरु छनोट गर्दा विद्यार्थीहरुलाई राम्रो काउन्सिलिङ्गको आवश्यकता पर्दछ । हामीले राम्रो काउन्सिलरको व्यवस्था गरेका छौँ । साथै विद्यार्थीले आफ्नाे रुचि अनुसारको विषय छान्नु पर्छ । त्यसका लागि म र मेरा टिमले विद्यार्थीलाई सही मार्ग निर्देश गर्न तयार रहेको कुरा पनि तपाईलाई जानकारी दिन चाहन्छु ।
विद्यार्थी र अभिभावककाे यस किसिमकाे अन्याैलता चिर्न ब्राईट फ्युचरले कस्तो तयारी गरिरहेकाे छ ? साथै विद्यार्थीले याे कलजेलाई कसरी चिन्ने ?
कलेजकाे सामान्य परिचय दिनु पर्दाः वि.सं. २०४४ सालमा स्थापना भएको ब्राईट फ्युचर माध्यमिक विद्यालय काठमाडौैंको पश्चिम भेगमा स्थापित र सधै उत्कृष्ट नतिजा दिँदै आएको विद्यालय हो । अभिभावकको सल्लाह र सझावलाई मध्यनजर गर्दै साथै नेपाल सरकारको विद्यालय शिक्षा माध्यमिका तह कक्षा १ देखि कक्षा १२ सम्म भन्ने नीतिलाई मध्यनजर गर्दै यसपालि देखि ब्राईट युचरले कक्षा ११ सञ्चालन गरेको छ । उत्कृष्ट शिक्षालाई निरन्तरता दिनको लागि सदैव तत्पर छ । यो विद्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकापमा अवस्थित छ ।
त्यस्तै तयारीकाे सन्दर्भमा यस कलेजले यस क्षेत्रका विद्यार्थीहरु र अभिभावक वर्गलाई जानकारी दिँदै आएको छ र आना भौतिक पूर्वाधारहरु निर्माण कार्य गरी सकेको छ । आना प्रयोगशाला लगायत सम्पूर्ण भौतिक सामग्रीहरु तयारी गरेका छौँ ।
राजधानीका हजारौँ कलेजहरु आफुलाई राम्राे नै दावि गर्छन, विद्यार्थीहरुले ब्राईट फ्युचर कलेज रोज्नु पर्ने कारण के छ ?
राजधानीका सयाैँ कलेजको भीडमा हाम्रो ब्रार्ईट फ्युचर कलेज अरु कलेजभन्दा अलि भिन्न छ । म के भन्न चाहन्छु भने प्रथमतः यस कलेजमा पूर्ण पारिवारिक वातावरण साथै अति नै राम्रो शैक्षिक वातावरण छ । अन्य विशेषताहरुको कुरा गर्नुपर्दा ब्राईट फ्युचर मा.वि. विद्यार्थीहरुलाई नेपालमै 3DI LEARNING SYSTEM बाट पनि हप्तामा १ पटक पढाइन्छ । यो 3 DI Learning system बाट अध्यायन गरेको विद्यार्थीले 3 DI School Newzealand को अन्तर्राष्टिय मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्ने छन् । आफ्नै विद्यालय भवन छ । यो हाम्रो भवन भुकम्प प्रतिरोधात्मक भवन हो ।
अन्य अतिरिक्त क्रियाकलापहरुको कुरा गर्दा हाम्रो आनै फुटसल ग्राउन्ड छ । हामीसँग पूर्व राष्टिय खेलाडी रमेश बुढाथोकी कोचको रुपमा हुनुहुन्छ र स्पोर्ट कोर्डीनेटरको रुपमा राष्टिय फुटबल टिमका गोलकिपरको अति नै विज्ञ कोच नवीन महर्जन हुनुहुन्छ ।
शिक्षण सिकाइ विधिको कुरा गर्दा हामीसँग अति नै अनुभवी शिक्षक/शिक्षिकाहरु हुनुहुन्छ । हामी हाम्रा विद्यार्थीलाई शत प्रतिशत उत्तीर्ण गराउँन प्रतिबद्ध छौँ । हाम्रो अर्को महत्त्वपूर्ण पाटो भनेको संस्कार सहितको शिक्षा पनि हो । हामी परीक्षा उत्तीर्णताको ग्यारेन्टी मात्र लिन्नौँ हामी असल र सभ्य नागरिक बनाउँने र त्यसका लागि संस्कार र संस्कृतिका विषयवस्तु पनि जोड्छौँ ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागि सम्बन्धित कलेजको भौतिक पूर्वाधार, व्यवस्थापन, त्यहाँको शैक्षिक वातावरण, पढाउने शिक्षक राम्रो हुनु पर्ने हुन्छ । ब्राईट युचर कलेजको अवस्था कस्तो छ ?
प्रथमतः तपाइले भने जस्तै कलेजको भौतिक पूर्वाधार राम्रो हुनु जरुरी छ । यसमा हाम्रो आफ्नै भवन छ । त्यसमा पनि नयाँ भवन निर्माण गरेका छौँ । निक्कै आकर्षक कक्षा कोठाहरु, प्रयोगशालाहरु छन् । अझ राम्रो कुरा त हरेक कक्षाकोठामा मवामजापपमा को व्यवस्था गरेका छौँ । म्यानेजमेन्ट टिमको कुरा गर्नुपर्दा विद्यालयमा नै ३२, ३३ वर्षको लामाे अनुभव भएको सरहरु हुनुुहुन्छ र सरहरुकै साथमा र सुपरभिजनमा रहि कक्षा ११ को लागि काठमाडौंको प्रतिष्ठित संस्थाहरुमा निकै लामो समय देखि अनुभवी शिक्षक/शिक्षिकाहरु हुनुहुन्छ र हाम्रो कलेजको शैक्षिक वातावरणको कुरा गर्नु पर्दा निक्कै शान्त वातावरणमा यहाँको पारिवारिक वातावरण नै उत्कृष्ट छ । म दावाका साथ भन्छु नेपालका कुनै पनि कलेजहरुमा भन्दा कम पढाइ हुँदैन । अर्थात हामी देशकै नमुना शैक्षिक संस्था बनाउँने उद्देश्यका साथ अघि बढेका छौँ । त्यसका लागि हामी मन, वचन र कर्मबाट समर्पित भएर लागिपरेका छौँ ।

ब्राईट युचर कलेजमा कुन कुन विषयहरुको अध्यापन हुन्छ ?
हाम्रो कलेजमा अहिले कक्षा ११ को लागि साइन्स र म्यानेजमेन्ट दुई संकायमा पढाई हुन्छ । म्यानेजमेन्टमा हाम्रो Business studies Computer र Hotel management अध्यापन गराईन्छ । त्यस्तै साइन्सको कुरा गर्नुपर्दा Physical र Biology Group को अध्यापन गराईन्छ र आगामी वर्षदेखि मानविकी सङ्कायलाई पनि जोड्छौँ । साथै सम्भव भएमा कानुनका विषय पनि जोड्ने प्रयासमा छौँ ।
कलेजले आर्थिक रूपमा कुन वर्गका विद्यार्थीलाइ लक्षित गरेकाे छ ? के सामान्य, मध्यम वर्गका परिवारका छोराछोरीले पनि यस कलेजमा अध्ययन गर्न सक्छन् ?
खासमा कुरा के छ भने हाम्रो उद्देश्य भनेको गुणस्तरीय शिक्षा दिनु हो । गुणस्तरीय शिक्षा प्रदान गर्दा यो कुरा वा त्यो वर्ग भन्दा पनि सम्पूर्ण नेपालीका छोराछोरीहरुले यस कलेजमा अध्ययन गर्न सक्छन् । हामीले विभिन्न किसिमका छात्रवृत्तिका प्याकेजहरु पनि राखेका छौँ । त्यसैले म के भन्न चाहन्छ भने यहाँ यो वा त्यो वर्ग होइन, हरेक नेपालीहरुले अध्ययन गर्न सक्दछन् ।
८. अन्त्यमा अभिभावक तथा विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?
एसइइमा सफल सबै भाई बहिनीहरूलाई बधाई ! राम्राे कलेज खाेज्दै हुनुहुन्छ भने एक पटक ब्राईट फ्युचर मा.वि., चन्द्रागिरी नैकापमा आउनुहुन पनि बिनम्र अनुरोध गर्दछु ।
