
काठमाडौँ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजिटिभ’ र पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखिए पनि पुन: परीक्षण गर्न विज्ञहरुले सुझाएका छन् ।यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको पनि पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । यसले संक्रमणको वास्तविक स्थिति पहिचानसँगै नियन्त्रणको प्रयासमा समेत थप बल पुग्नेछ ।
‘आरडीटीमा पोजिटिभ र पीसीआरमा रिपोर्ट नेगेटिभ आए पनि ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा भन्छन्, ‘यदि उनी हाल संक्रमण निको भएको अवस्थामा छन् भने पनि विगतमा उनको सम्पर्कमा आएकाहरुको खोजीसँगै पहिचान फैलावट नियन्त्रण गर्न अत्यन्त आवश्यक हुन्छ ।’
मुलुक अझै जटिल स्थितिमा नगएको औंल्याउँदै जनस्वास्थ्यविद् दुर्गा खड्का मिश्रले समेत थप सतर्कताका लागि थप परीक्षण जरुरी रहेकोमा जोड दिइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रले समेत यसमा सहमति जनाए । आरडीटीमा पोजिटिभ देखिएकाहरुको पीसीआर परीक्षणमा नेगेटिभ आएमा ‘ती व्यक्तिबाट संक्रमण नहुने’ सोच राखे पनि कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमण फैलिन सक्ने सम्भाव्यताबारे संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल केन्द्रीय कारागारका दुई जना स्वास्थ्यकर्मीको आरडीटी पोजिटिभ र पीसीआर परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । ‘ती दुवै स्वास्थ्यकर्मीमा पहिले संक्रमण भएको र हाल स्वस्थ रहेको हो भने उनीहरुमा कोबाट र उनीहरुबाट कसलाई सर्यो भन्ने जान्नु धेरै महत्त्वपूर्ण हुन्छ,’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘थप यकिन हुन हाल जेलमा भएका सबै नयाँ कैदीको पीसीआर गर्नुपर्ने भएको छ ।’
विज्ञहरुले दुवै स्वास्थ्यकर्मी र कारागारका कैदीबन्दीको समेत पीसीआर परीक्षण गर्न सुझाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे यसो गर्न सकेमा ढुक्क भइने बताउँछन् । आरडीटीको विश्वसनियता कम रहेको औंल्याउँदै इडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘आरडीटी भरपर्दो देखिएको छैन, भारतले समेत केही दिन प्रयोग रोकेको छ । यसमा फल्स पोजिटिभ र फल्स नेगेटिभ धेरै देखिएको छ ।’
हाल सरकारले आरडीटीलाई व्यापक रूपमा प्रयोग गरिरहेको छ । समुदायस्तरमा संक्रमण देखिइएकोले अब पीसीआर परीक्षणमा जोड दिनुपर्ने बताउँछन् डा. मरासिनी । आरडीटी र पीसीआर दुवै परीक्षणमा ‘नेगेटिभ’ देखिए कोभिड–१९ संक्रमण नरहेको बुझनुपर्ने औल्याउँदै डा. मिश्रले भने, ‘आरडीटीबाट पोजिटिभ र पीसीआरबाट नेगेटिभ देखिए पहिले ती व्यक्तिलाई संक्रमण भएको र हाल निको भएको बुझनुपर्छ ।’ उनका अनुसार दुवै परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिमा सक्रिय संक्रमण रहेको ठानिन्छ । यस्ता व्यक्तिमा भाइरस विस्तारै कम हुने स्थितिमा हुन सक्छ तर ती व्यक्तिले संक्रमणको विस्तार गर्नमा मुख्य भूमिका खेल्ने गरेका छन् । यति मात्र नभई पीसीआरमा पोजिटिभ र आरडीटीमा बारम्बार नेगेटिभ देखिने व्यक्तिमा भाइरसविरुद्घ एन्टिबडी (रोग प्रतिरोधक क्षमता) बन्न नसकेको बुझ्नुपर्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द