Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री

User Photo मङ्लबार, जेष्ठ ६, २०७७
काठमाण्डाै ।

 नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन सकेन ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताएपनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.