धनगढी उप-महानगरपालिका- १८, फुलवारी स्थित फुलवारी क्याम्पसको भवन निर्माणमा चरम लापरवाही र अनियमितता भएको छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म निमार्ण सम्पन्न गरीसक्ने गरी क्याम्पस व्यवस्थापन समितीले मन्त्रालयसंग सम्झौता गरेकाे भएपनि भवन निर्माण सकिनुकाे साटाे अहिले सम्म बनाउने र भत्काउने क्रम मात्र चलिरेकाे छ । यस संगै भवन निर्माण समेत अन्याैलमा परेकाे छ ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको ५० लाख लागतमा निमार्ण भईरहेको क्याम्पस भवन निश्चित मापदण्ड पुरा नगरेको भन्दै केही दिन अघि मात्रै निर्मीत संरचना भत्काईएको थियो । त्यस्तै भवन निर्माणका लागी सस्ताे तथा कमसल ईट्टा प्रयोग गरिएकाे समेत पाइएकाेछ । निर्माणकाे जिम्मा पाएको क्याम्पस व्यवस्थापन समितीले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरेकाे, क्याम्पसको भविष्य संग नै खेलबाड गरेको साथै आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोप स्थानियले लगाएका छन ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुवन रिजालले निमार्ण स्थलमा कमसल ईट्टा आएको तर प्रयोग नगर्ने बताए । त्यस्तै क्याम्पस प्रमुख यम पौडे्लले काठ्माण्डाैमा भएकाे र यस बिषयमा जानकार नभएको प्रतिक्रिया दिएका छन ।
यसरी भवन बनाउदै भत्काउदै गरेर निर्माणकाे जिम्मा पाएकाे समितीले भवनका लागी आएकाे बजेटकाे दुरूपयाेग गरेकाे सामाजिक अभियन्ता तथा युवा नेता नेत्र मैनाली बताउछन । सम्बन्धित निकायहरू कसैले पनि यस विषयमा चासाे नदिएकाे प्रती स्थानिय युवा दवाव दिने तयारीमा रहेकाे समेत मैनालीले बताएकाछन । साथै समाजका यस्ता गलत प्रवृती प्रती लडन स्थानिय सबै युवालाइ आग्रह गरिएकाे र यस्तै चलिरहे भण्डाफाेर गर्ने चेतावनी समेत मैनालीले दिएका छन ।
