Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

ठूला स्तन भएका महिला जाडाेमा बिरामी पर्ने सम्भावना बढी

स्वास्थ्य समस्याबाट मुक्त हुन पनि बढी समय लाग्ने

User Photo मङ्लबार, पुस २९, २०७६
काठमाण्डाै ।

ठूला स्तन भएका महिला साना स्तन भएका महिलाका तुलनामा हिउँदमा बिरामी पर्ने सम्भावना बढी हुन्छ। अमेरिकाबाट प्रकाशन हुने एक जर्नलमा प्रकाशित अध्ययनका आधारमा यो निष्कर्ष निकालिएको हो।

ठूला स्तनवाला महिलालाई जाडोले बढी सताउने तथ्य ‘आर्काइभ्स अफ सेक्सुअल बिह्याभिएर’ जर्नलले एक अध्ययनपछि सार्वजनिक गरेको हो।

अनुसन्धानले साना छाती भएका महिलाका तुलनामा ठूला छाती भएका महिलालाई जाडोमा विभिन्न समस्या हुने र ती समस्याबाट मुक्त हुन बढी समय लाग्ने खुलासा गरेको छ। श्वासप्रश्वाससम्बन्धी संक्रमण पनि ठूला स्तन भएका महिलालाई बढी हुने पाइएको छ। स्तनको साइज एफ–कप हुने महिलालाई खोकी, रुघाखोकी र अन्य चिसोजन्य समस्या बढी हुने अध्ययनको निष्कर्ष छ। यिनै समस्या ए–ए साइज हुने महिलालाई निकै कम हुने अध्ययनले बताएको छ। त्यसै गरी, ठूला स्तन भएका महिलाले साना स्तन भएका महिलाका तुलनामा ५६ गुणा बढी एन्टिबायोटिक लिने गरेको पनि जर्नलमा प्रकाशित लेखमा उल्लेख छ।

स्तनमा जम्मा हुने बोसोको परिमाणले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले ठूला स्तन हुने महिलाले जाडो याममा विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने अध्ययनको निष्कर्ष छ। लेप्टिन नामक हर्मोनको अधिक मात्राले चिसो र छातीको संक्रमणबाट निको हुन बढी समय लाग्ने गरेको बताइएको छ।

करिब चार सय महिलाबीच अध्ययन गरिएको थियो। अध्ययन उनीहरूले तीन वर्षयता भोगेका चिसो, फ्लू, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्यामा केन्द्रित थियो। समस्याका लक्षण र अवधिलाई ख्याल गरिएको थियो। अध्ययनको निष्कर्ष थियो– साना छाती भएका महिलाका तुलनामा ठूला छाती भएकाले जाडोमा बढी समस्या भोग्ने गर्छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.