Naya Media
बुधबार, पुस ९, २०८२
| | December 23, 2025
बुधबार, पुस ९, २०८२

सरकारको १०० दिन पूरा भएको अवसरमा प्रधानमन्त्रीको सन्देश- सुशासन र निर्वाचन नै अर्जुन दृष्टि

User Photo
शनिबार, पुस ५, २०८२
काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।

‘चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो। अराजकताले कसैलाई खुसी दिँदैन केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ। हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन। यो त एउटा लामो र अभिराम यात्रा हो। यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको आँचो छ’, सन्देशमा भनिएको छ ।

उनले थप भनेकी छिन्-‘सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १३४२ थान मध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षति ग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।’

# जेन्जी आन्दोलन # प्रधानमन्त्री # सरकारका १०० दिन # सुशीला कार्की

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.