
कैलालीको टीकापुरले शीत भण्डारण गृह निर्माण कार्य सुरु गरिएको छ । आज कार्यक्रमका बिच टीकापुर नगरपालिकाका नगर प्रमुख राम लाल डगौराले शीत भण्डार गृहको शिलान्यास गरेका छ्न ।
टीकापुर नगरपालिकाकाे कार्यालयकाे लागत साझेदारीमा रानी जमरा कुलरीया सिचाइ प्राणाली जल उपभोक्ता संस्था मुल समिति टीकापुरले शीत भण्डारण गृह (काेल्ड स्टाेर) काे निर्माण कार्य थालेको हो । ७ कराेड ६ लाख लागतमा बन्न लागेकाे काेल्ड स्टाेर १ हजार मेट्टीक टन क्षमताकाे बन्ने जनाएको छ ।